logo

सुदूरपश्चिम प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
स्वास्थ्य निर्देशनालय
जिल्ला अस्पताल, बझाङ
प्रकाशित मिति संक्रमण देखिएको (PCR) हालसम्मको जम्मा भर्ना प्रेशन गरिएको तथा आफु खुशी गएका निको भएको उपचाररत मृत्यु भएको











iuehdwie












जिल्‍ला अस्पताल बझाङ



































यस जिल्लाको नाम कसरी बझाङ रह्यो भन्ने सम्बन्धमा ऐतिहासिक रोचक कथाहरु छन । एक मान्यता अनुसार बझाङ्गी राजाका पूर्वज रावल तथा सिंहहरूले रानाकोट चौधारी तथा ब्यासी गाविसमा पर्ने एउटा शिखरमा दरवारकोट बनाउने क्रममा त्यहाँ एउटा कालो चिल्लो दर्शनीय शिलाढुङ्गा फेला परेछ। उक्त शिलालाई त्यस कोटबाट तल खोलामा फ्याँक्दा बारम्बार साविककै ठाउमा आएर बसेको देखेपछि राजाले उक्त शिलालाई कालभैरबको रूपमा स्थापित गरी पूजा गरे। अति अग्लो उक्त कोटमा कालान्तरमा चट्याङबाट बज्र परेछ। तर कालभैरबको प्रभावले उक्त वज्र प्रभावहीन भई दरबारमा कुनै क्षति नपुगेकोले त्यस ठाँउलाई बज्रङ्ग भनिएछ । कालान्तर पछि उक्त शब्द अपभ्रंस भै बझाङ हुन गएको हो भन्ने मान्यता भए पनि वास्तविक तथ्यको आधार र पौराणिक धार्मिक मान्यता अनुसार तारकासुर (ताडकासुर) को स्थानीय नाम मष्ट(मष्टो) हो । मष्टो मध्ये सबै भन्दा जेठो मष्ट/मष्टो डंडारमष्टो को जन्म स्थान बझाङ जिल्लाको भातेखोला हो । वर्तमान मष्ट /मष्टो भनिनेको प्राचीन नाम तारकासुर(ताडकासुर) का बाबुको नाम बज्रांग को अपभ्रंस बाट बझाङ्ग जिल्लाको नाम रहेको हो ।

 थप हेर्नुहोस्

सूदुरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चलमा पर्ने मनोरम जिल्ला बझाङको पूर्वमा वाजुरा र हुम्ला जिल्ला, पश्चिममा वैतडी र दार्चुला जिल्ला, उत्तरमा हुम्ला जिल्ला र चीनको स्वाशासित क्षेत्र तिब्बत, दक्षिणमा वैतडी र डोटी जिल्ला अवस्थित छन्। कूल क्षेत्रफल ३४२२ वर्ग किलोमिटर भएको यस जिल्लामा २ वटा संसदीय निर्वाचन क्षेत्र, ११ वटा इलाका क्षेत्र तथा ४७ वटा गाविस रहेका छन्। जम्मा १६७०२६ जनसङ्ख्या भएको यस जिल्लामा सरदर परिवार संख्या ५.८ छ भने जनघनत्व प्रति वर्ग किमी ४५ रहेको छ। यस जिल्लाको शैक्षिक स्थिति नियाल्दा प्रा.वि. २८२, नि.मा.वि ५५, मा.वि. ३९, उ.मा.वि. २५, क्याम्पस ५, निजीश्रोत विद्यालय ३२ तथा इङ्गलिस वोडिङ्ग स्कूल ५ रहेका छन्। यस जिल्लाको साक्षारता दर ३९ प्रतिशत छ भने वाषिर्क प्रतिव्यक्ति आय रु.४९३० रहेको छ। यहाँ ठाउँ अनुसार मस्टो का विभिन्न रुप, विभिन्न भवानि र केदार (महादेव को सर्बोच्च रुप) लाई आ-आफ्नो कुल देवता मान्ने गरिन्छ। थप हेर्नुहोस्